काठमाडौंको कपनस्थित मिलनचोक, साततले, गोपीकृष्ण लगायतका क्षेत्रमा बसोवास गर्नेहरूले वर्षेनी खेप्ने समस्या हो, खहरेको बाढी।
मिलनचोक र सरस्वतीनगरको बीच भएर बग्ने खहरेमा बाढी आउँदा वर्षात्को समयमा जनजीवन अत्यन्त कष्टकर हुने गरेको छ।
गत वर्ष भएको स्थानीय, प्रदेश र संघको निर्वाचनको बेलामा पनि यो ठाउँमा आउने खहरेको खुब चर्चा भयो। सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले त त्यहाँ बाढी आएपछि आफू सधैं गाली खाने गरेको गुनासो समेत गरेका थिए।
कपनस्थित काठमाडौं महानगरपालिका र बूढानिलकण्ठ नगरपालिकाको साँधमा पर्ने उक्त खहरे आसपास बाक्लो बस्ती छ। मिलनचोकमा दैनिक हजारौं सर्वसाधरणहरू तरकारी लगायतका किनमेलका लागि निस्किन्छन्।
सोमबार दिउँसो पनि एकाएक उक्त खहरेमा आएको बाढीले केहीबेर सो क्षेत्र जलमग्न भएको थियो।
गत वर्ष असोज १ गते नेपालखबरको टिम मिलन चोकमा पुग्दा खहरेले बिगारेको ठाउँमा ढुंगा ओछ्याएर गाडीहरू पास गरिरहेको दृश्य देखिएको थियो।
त्यतिबेला राजनीतिक सरगर्मी बढिरहँदा नेताहरूको बोलीमा खहरे व्यवस्थापनका कुरा गरेपनि वर्षात् सुरु भएसँगै पुनः त्यहाँ समस्या सुरु भएको छ।
सोमबार दिउँसो आएको बाढीले जलमग्न भएपनि सो क्षेत्रका वासिन्दाहरू समस्यामा परेका छन्।
तस्बिरहरूः
Shares
प्रतिक्रिया