नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहालको अन्तिम संस्कार पशुपति आर्यघाटमा गरिएको छ।
बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएकी ६९ वर्षीया उनको पार्थिव शरीर पेरिसडाँडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको हो।
जहाँ उनको अन्तिम संस्कार राजकीय सम्मानसहित गरिएको छ। अन्तिम संस्कारका क्रममा नेपाली सेनाको टुकडीले उनलाई सलामी अर्पण गरेको छ।
सीतालाई पति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा छोरीहरु रेणु र गंगाले दागबत्ती दिएका छन्।
510
Shares
प्रतिक्रिया