बंगलादेशमा भएको दुई मैत्रीपूर्ण खेल जितेर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ।
घरेलु टोलीलाई दोस्रो मैत्रीपूर्ण खेलमा टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित निकालेको महिला राष्ट्रिय टोली ट्रफीसहित सोमबार दिउँसो त्रिभुवन विमानस्थल ओर्लिएको हो।
ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो।
टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो।
यो सँगै नेपालले दुई खेलको सिरिज आफ्नो पक्षमा पारेको छ। बंगलादेशलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले साफको फाइनलमा भोगेको हारको बदला समेत लिएको छ।
नेपाल र बंगलादेशले पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेका थिए।
गत भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालदेशसँग ३–१ ले पराजित भएको थियो।
Shares
प्रतिक्रिया