भुटानको लिग च्याम्पियन पारो एएफसीलाई हराउँदै मंगलबार मछिन्द्र फुटबल क्लब एएफसी कप प्रारम्भिक छनोट अन्तर्गत प्लेअफको दोस्रो चरणमा प्रवेश गरेको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थत दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले पारो एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा पुगेको हो।
शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लबसँग एएफसी क्लब लाइसेन्स नभएपछि मछिन्द्रले एएफसी कप छनोट खेल्न पाएको हो।
मछिन्द्रले लगातार दोस्रो पटक एएफसी कपको छनोट खेलेको हो।
दोस्रो चरणमा मछिन्द्रले आगामी ३१ गते भारतीय लिग च्याम्पियन मोहन बगानको सामना गर्नेछ।
मंगलबारको खेलका तस्बिरहरूः
96
Shares
प्रतिक्रिया