हाउस अफ फेसनले काठमाडौँमा एन भग–९ को ग्रान्ड फिनाले सम्पन्न गरेको छ। फेसन र क्लोदिङ स्टोरको रुपमा सन् २०१२ मा स्थापित (एचओएफ) को एन भग–९ का प्रतियोगीहरूले र्याम्प वाक देखाएका थिए।
इन भोग–९को विजेता प्रमिस कोइराला र दिपिका थापा मगर भएका छन्।
होटल अन्नपूर्णमा सम्पन्न उक्त कार्यक्रममा ५० जना मोडलहरु सहभागी थिए। योद्धिस न्यौपाने र ज्योती खड्का फस्ट रनअरप, सुयोग श्रेष्ठ र लोसिना शाक्य सेकेन्ड रनअरप भएका छन्।
सबै सहभागीहरुले र्याम्पमा आफ्नो उत्कृष्ट प्रदर्शन गरे। बुधबार राति सम्पन्न ग्रान्ड फिनालेमा प्रतियोगीहरूले आफ्नो विविध संस्कृति, धेरै व्यक्तिहरूबाट गुज्रिएका संघर्ष, सामाजिक समस्याहरू आफ्नो प्रतिभाको माध्यमबाट प्रस्तुत गरेका थिए।
135
Shares
प्रतिक्रिया