संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरको आज अन्त्येष्टि गरिँदैछ।
नेवाङको अन्त्येष्टिअघि बालुवाटारबाट पशुपति आर्यघाटसम्म राजकीय सम्मानसहित शवयात्रा गरिएको छ।
काठमाडौँ बालुवाटारस्थित नेम्वाङको निवासबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गरिएको थियो।
नेम्वाङको निजी निवासबाट शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै शवयात्रा पशुपति आर्यघाट पुगेको छ।
शव यात्रामा नेकपा एमालेका नेता कार्यकर्ता, समर्थक शुभेच्छुक सयौँ सर्वसाधारण सहभागी छन्।
69
Shares
प्रतिक्रिया