भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभरका महादेवस्थलहरूमा पूजा आराधना गरी मनाइँदैछ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
पशुपतिनाथ मन्दिर परिसरमा सोमबार महिला दिदीबहिनीहरूको बाक्लो उपस्थिति छ। सोमबार बिहानैदेखि मन्दिर वरपर महिलाहरू नाचगान र पूजापाठसहित तीज मनाइरहेका छन्।
विगतका वर्षभन्दा यस वर्ष बढी व्यवस्थित भएकाले भक्तजनहरुले छिट्टै दर्शन गरेर फर्किनसक्ने अवस्था रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए।
पशुपतिनाथको दर्शनका लागि बिहान ३ बजेदेखि चार वटै ढोका खोलिएका छन्।
यस वर्षको तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने ब्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्ने गरी तयारी भएको छ।
तस्बिरहरू:
Shares
प्रतिक्रिया