इन्द्रजात्राका अवसरमा बुधबार बिहान काठमाडौंको वसन्तपुरमा सामूहिक रुपमा कुमारीलाई पूजिएको छ।
जीवित देवीका रुपमा मानिने कुमारीलाई इन्द्रजात्रा पर्वको पूर्वसन्ध्यामा पूजा गरिएको हो।
वर्षा र सहकालका देवता इन्द्रको पूजासँगै इन्द्रजात्रा पर्व पनि सुरु हुन्छ। भाद्र शुक्ल द्वादशीका दिन हुनुमानढोकाअगाडि धार्मिक विधिअनुसार इन्द्रश्वजसहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ। यो जात्रा ८ दिनसम्म मनाइन्छ।
इन्द्रजात्राका अवसरमा शाक्य जातकी एक बालिकालाई कुमारीका रूप तथा दुई बालकलाई गणेश र भैरवको स्वरूपमा रथमा राखेर घुमाइन्छ।
51
Shares
प्रतिक्रिया