प्यालेस्टायनी हमास समूहले इजरायलमा गरेको आक्रमणमा परी निधन भएका नेपालीहरूको शोकमा दीप प्रज्वलन गरिएको छ।
काठमाडौंको माइतीघर मण्डलामा सोमबार लुम्बिनी विश्व शान्ति मञ्चले दीप प्रज्वलन गरेको हो।
दीप प्रज्वलनमा विभिन्न विद्यार्थी संगठनका विद्यार्थीहरू पनि सहभागी भएका थिए।
दीप प्रज्वलनमा सहभागीहरूले सरकारले चाँडोभन्दा चाँडो इजरायलमा अलपत्र परेका नेपालीहरूको उद्धार गर्न माग गरेका छन्।
शनिबार बिहानबाट इजरायलमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थी मारिएका छन्। सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि अध्ययनका लागि गएका ४९ विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन्।
एउक जना भने सम्पर्कविहीन छन्।
सरकारले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मंगलबार शोक मनाउने घोषणा गरेको छ। त्यस्तै, मृतकका परिवारलाई १० लाख दिने निर्णय पनि सरकारले गरेको छ।
तस्बिरमा माइतीघरको दीप प्रज्वलनः
Shares
प्रतिक्रिया