चीनको हाङजाओमा सम्पन्न १९ औं एसियाली खेलकुदमा पदक विजेता नेपाली खेलाडी मंगलबार स्वदेश फर्किएका छन्।
पदक विजेता टोलीका खेलाडी, प्रशिक्षक र अफिसियल आज दिउँसो स्वदेश फर्किएका हुन्।
आइतबार हाङजाओमा सम्पन्न एसियन गेम्समा नेपालले १ रजत र १ कास्य पदक जितेको थियो।
एसियाडमा करातेकी एरिका गुरुङले रजत र महिला कवड्डी टोलीले कास्य पदक जितेको थियो।
एसियाडमा कराते र कवड्डीले पहिलो पटक पदक जितेका हुन्। एरिकाले महिला ६८ केजी तौल समूहमा रजत पदक जित्दै इतिहास रचिन्।
हेर्नुहोस् तस्बिर
21
Shares
प्रतिक्रिया