आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल भिडन्तमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै गतिलो योगफल खडा गरेको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले १८४ रनको शानदार योगफल बनाउन सफल भएको हो।
नेपालको स्कोर डेढ सयभन्दा माथि लैजाने क्रममा गुलशन झा र कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले।
नेपाली खेलाडीले चौका र छक्का हान्दा त्रिवि क्रिकेट मैदानमा जम्मा भएका सयौँ समर्थकले हुटिङ गरे।
समर्थकहरूको राम्रो साथ पाएको नेपाली टोलीले बलियो मानिने ओमानविरुद्ध गतिलो योगफल बनाउन सफल भएको छ।
27
Shares
प्रतिक्रिया