आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल भिडन्तमा नेपाल र ओमान भिडिरहेका छन्।
टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले १८४ रन बनाएपछि अहिले ओमान जवाफी ब्याटिङमा छ।
सुरुवातमै नेपालका लागि सोमपाल कामीले विकेट लिए पनि ओमानका ब्याटरले दबाब बढाउँदै ताजा अवस्थामा १० ओभर खेल्दै २ विकेटको क्षतिमा १०३ रन बनाइसकेका छन्।
नेपालका लागि सोमपाल र गुलशन झाले समान १/१ विकेट लिएका छन्।
१० वर्षपछि टी-२० विश्वकपमा पुगिसकेको नेपाली टोलीको हौसला बढाउन हजारौँ नेपाली समर्थक अहिले त्रिवि क्रिकेट मैदानमा छन्।
उनीहरू नेपाली राष्ट्रिय झन्डासहित नेपाली टोलीको हौसला बढाउन जुटेका हुन्। विश्वकप यात्रा तय गरिसकेको नेपाल छनोट प्रतियोगिताको उपाधि पनि घरमै राख्ने दाउमा छ।
51
Shares
प्रतिक्रिया