न्यायको पक्षमा फैसला गरेको भन्दै काठमाडौँमा शुक्रबार धन्यवाद र्याली निकालिएको छ।
साढे ३ वर्षअघि रुकुमपश्चिममा गैरदलित प्रेमिकासँग प्रेमविवाह गर्न खोज्दा ५ जना साथीसँगै मारिएका नवराज विकका परिवारका साथै उनका साथीका परिवार र न्याय पक्षधरले काठमाडौँमा धन्यवाद र्याली निकालेका हुन्।
उक्त हत्याकाण्डमा हालै रुकुम जिल्ला अदालतले चौरजहारी नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय हुने फैसला गरेपछि यसका लागि आवाज उठाउने देशभरका न्यायप्रेमीलाई काठमाडौँमा र्याली निकाली धन्यवाद ज्ञापन गरिएको हो।
शुक्रबार दिउँसो २ बजे भृकुटीमण्डपबाट निकालिएको रत्नपार्कस्थित शान्तिवाटिका पुगेर धन्यवाद-सभामा परणित भएको थियो।
105
Shares
प्रतिक्रिया