राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो बचाउ गर्दै सोमबार पत्रकार सम्मेलन गरेका छन्।
यसभन्दाअघिका पत्रकार सम्मेलनमा आक्रमक देखिने रवि यस पटक केही रक्षात्मक बन्दै पत्रकारहरूमाझ देखिए।
उनले सहकारीबाट निकालिएको पैसा आफ्नो बैंक खातामा नआएको बताए। त्यसक्रममा केही नरम देखिएका उनले मिडियाप्रति यसअघि गरेको आलोचनाका लागि समेत क्षमा मागे।
रविले आफ्नो खातामा १ करोड ८० लाख रुपैयाँ जम्मा नभएको बताउँदै आफ्नो खेदो खन्नुको साटो सहकारी पीडितलाई न्यायका लागि समाचार लेख्न सञ्चारमाध्यमलाई भने।
उनको बचाउमा रास्वपाका नेता अनिलकेशरी शाह पनि उत्रिए। उनले चेकबाट रकम जम्मा हुने प्रक्रियाको ब्याख्या गर्दै यो प्रकरणमा रवि निर्दोष रहेको उल्लेख गरे।
75
Shares
प्रतिक्रिया