संघीय संसद्को हिउँदे अधिवेशनको दोस्रो बैठक अहिले नयाँबानेश्वरमा बसिरहेको छ।
दलहरूले अनिवार्य उपस्थित हुन भने पनि संसद् बैठकमा आधा कुर्सी रित्ता देखिएका छन्।
महत्वपूर्ण विषयमा छलफलका एजेन्डा तय गरेर बोलाइएको हिउँदे अधिवेशनको दोस्रो बैठकमा कोरम पुग्ने गरी मात्रै सांसदहरूको उपस्थिति देखिएको छ।
हिउँदे अधिवेशनको पहिलो बैठक माघ २२ गते बसेको थियो। यो अधिवेशनमा सरकारले दर्जन भन्दा बढी विधेयक संसद्मा लैजाने तयारी गरेको छ।
संक्रमणकालीन न्यायसम्बन्धीसहितका विधेयकहरू सरकारले यही अधिवेशनमा पेश गर्ने तयारी छ।
72
Shares
प्रतिक्रिया