नेपालले क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय सिरिज क्लीन स्वीप गरेको छ।
घरेलु भूमिमा भएको यो सिरिजको अन्तिम खेलमा सोमबार नेपालले क्यानाडालाई ९ विकेटले हरायो।
नेपालका लागि अन्तिम खेलमा भीम सार्की र अनिल साहले सतक बनाए।
अनिलले यसअघिको खेलमा अर्धशतक बनाएका थिए। अन्तिम खेलमा पनि उनले शतक बनाएपछि नेपाली ओपनिङमा देखिएको समस्या हल हुने विश्वास गरिएको छ।
उता भीम सार्कीले पनि अनिलसँग उच्च साझेदारी गर्दै शतक बनाउँदै नेपाललाई सिरिज दिलाए।
नेपालले क्यानाडाविरुद्धका तीनै खेलमा जित निकाल्दा बलिङ र ब्याटिङ दुवैतर्फ सुधारिएको प्रदर्शन गर्यो।
क्यानाडाविरुद्धको सिरिजमा नेपाली कप्तान रोहित पौडेल प्लेय अफ द सिरिज भए। उता अनिल साह अन्तिम खेलको म्यान अफ द म्याच भए।
96
Shares
प्रतिक्रिया