आज भ्यालेन्टाइन डे। सातासम्म मनाइने भ्यालेन्टाइन डेको विशेष अर्थात १४ फेब्रुअरी।
भ्यालेन्टाइन डेमा प्रेमी जोडीहरूले विशेष डेट, गिफ्ट साटासाट र प्रेमिल समय बिताउने गर्छन्।
खासगरी पश्चिमा मुलुकमा मनाइने भ्यालेन्टाइन डेको प्रभाव विस्तारै पूर्वीय मुलुकमा पनि फैलिएको छ।
भ्यालेन्टाइन डेको अन्तिम दिन जस्तै त्यसअघिका ७ दिन पनि पनि महत्वका मानिन्छन्।
भ्यालेन्टाइन डेअघि, मानिसहरूले रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिश डे, हग डे र किस डे पनि मनाउने गरेका छन्।
भ्यालेन्टाइन डे तेस्रो शताब्दीमा रोममा बस्ने क्याथोलिक पादरी सेन्ट भ्यालेन्टाइनको सम्मानमा मनाइन्छ।
सन्त भ्यालेन्टाइनलाई सम्झिने दिन पूर्वी अर्थोडक्समा जुलाई ६ मा मनाइन्छ।
यो दिनमा काठमाडौँमा पनि चहलपहल देखिएको छ। आज सरस्वती पूजा र भ्यालेन्टाइन डे एकै दिन परेका छन्।
विद्यालयहरूमा सरस्वती पूजाको चहलपहल छ भने होटल, रेस्टुराँ, सपिङ सेन्टर र मलहरूमा भ्यालेन्टाइन डेको चहलपहल देखिएको छ।
हेर्नुस् तस्बिरमा
Shares
प्रतिक्रिया