नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ।
कांग्रेसको भावी रणनीति तय गर्न अहम् मानिएको यो बैठकमा सहभागी हुन सभापति शेरबहादुर देउवा गोदावरी पुगेका छन्।
महामन्त्री गगन थापासँग बैठकमा पेश गर्ने दस्तावेजलाई लिएर विवाद चलिरहेका बेला देउवा गोदावरी पुगेका हुन्।
अहिले सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का लगायत नेता गोदावरीस्थित सनराइज सिटी पुगेका छन्।
दिउँसो १ बजे सुरु हुने भनिएको महासमिति बैठक देउवासहितका नेता ढिलागरी गएपछि २ बजेपछि मात्रै सुरु हुँदैछ।
वि.संं. २०७८ मङ्सिर २४ गते काठमाडौँमा सम्पन्न भएको १४ औँ राष्ट्रिय महाधिवेशनको दुई वर्ष तीन महिनापछि ‘नीति अधिवेशन’का रुपमा लिएको महासमिति बैठक हुन लागेको हो।
60
Shares
प्रतिक्रिया