देशका विभिन्न ठाउँबाट आएका मिटरब्याजी पीडितहरूको मार्च आइतबार पनि जारी रहेको छ।
केही दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका उनीहरूलाई राजनीतिक नेतृत्वले पनि साथ दिइरहेका छन्।
सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उनीहरूको माग सरकारले पूरा गर्नुपर्ने बताए।
पीडितका माग सम्बोधनका लागि तत्कालै उच्चस्तरीय आयोग गठन गर्न खनालले सरकारलाई आग्रह गरे।
भृकुटीमण्डप पुगेर मिटरब्याज पीडितको आन्दोलनलाई साथ दिँदै खनालले सरकारले हजार काम छाडेर पनि मिटरब्याज पीडितका माग पूरा गर्नुपर्ने बताए।
मिटरव्यज पीडितरू करिब एक महिनादेखि आन्दोलन गर्दा पनि सरकार मौन बसेको खनालले बताए।
पीडितहरूले उच्चस्तरीय आयोग गठन माग गरिरहेका बेला सरकारले त्यसलाई पूरा गर्नुपर्ने बताए।
नेपालमा थुप्रै कम्युनिस्ट पार्टीहरू रहेको बताउँदै खनालले उनीहरू श्रमजीवी जनताका पार्टी या दलाल पुँजीपति वर्गको भनेर प्रश्न गरे।
मिटरब्याजीको आन्दोलनमा एमाले केन्द्रीय सदस्य एवम् संघीय सांसद भगवती चौधरी पनि पुगेकी थिइन्।
Shares
प्रतिक्रिया