टी–२० आई त्रिकोणात्मक सिरिजको फाइनल खेल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शक खचाखच भरिएका छन्।
घरेलु टोली नेपाललाई समर्थन जनाउन कीर्तिपुर मैदानमा हजारौँ दर्शक ओइरिएका छन्।
नेपालले पहिले ब्याटिङ गर्दै दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स अहिले जवाफी ब्याटिङमा छ।
सिरिजको उपाधि घरमै राख्ने योजनामा रहेको नेपाललाई नेदरल्यान्ड्सले कडा चुनौती दिएको छ।
यद्यपि दर्शकहरू घाँसे प्यारापिटदेखि रुखसम्ममा बसेर नेपाललाई हौसला बढाइरहेका छन्।
111
Shares
प्रतिक्रिया