रुपन्देहीको तिलोत्तमामा व्यक्तिगत लगानीमा निर्मित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सोमबारदेखि 'एक्स्ट्राटेक लिजेन्ड कप' सुरु भएको छ।
गैर-आवासीय नेपाली विनोद कुँवर र सुदीक्षा गौतम दम्पतीले अष्ट्रेलियामा गरेको कमाइबाट तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरेका हुन्।
सोमबार पहिलो चरणको संरचना उद्घाटन गरी खेल सञ्चालन गरिएको हो। खेलका क्रममा स्थानीय दर्शकको पनि उत्साहजनक सहभागिता देखिएको छ।
प्यारापिटसहितका सुविधा नभए पनि दर्शकहरूलाई कुर्सीसहित बस्ने व्यवस्था गरिएको थियो।
एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन सोमबार लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले गरेका छन्।
टी-१० संरचनामा भइरहेको एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चारवटा खेल्दैछन्।
51
Shares
प्रतिक्रिया