नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सको 'ए' टोलीले टी–२० आई सिरिजको पहिलो खेलमा ब्याटिङ गरेको छ।
उसले पहिले ब्याटिङ गर्दै नेपाली टोलीसामु जितका लागि १ सय २२ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा १२१ रन बनाउँदै अलआउट भयो।
आयरल्यान्डका लागि ओपनर तथा विकेट किपर स्टेफन डोहिनीले बनाएको ४६ रन नै सर्वाधिक रह्यो।
३९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका स्टेफन चौथो ओभरको पहिलो बलमा कुशल भुर्तेलको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए।
नेपालका लागि गुलशन झा, कुशल भुर्तेल र ललित राजवंशीले समान २ विकेट लिए। करण केसी र कुशल मल्लले समान १ विकेट आफ्नो नाममा गरे।
96
Shares
प्रतिक्रिया