महानगरजस्ता ठूला सहरमा पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिएको हुन्छ।
अन्तर्राष्ट्रिय मान्यताअनुरूप सडकपेटी कम्तीमा पनि डेढ मिटर चौडा हुनु उपयुक्त हुन्छ।
पैदल यात्रुका लागि प्रयोगमा आउने भएकै कारण सडकपेटीमा कुनै पनि किसिमका अवरोध हुन नहुने यसको महत्त्वपूर्ण विशेषता हो।
तर नेपालको राजधानी सहर तथा मुलुककै पहिलो महानगरपालिका काठमाडौंँका सडकपेटीको अवस्था बेग्लै छ।
सडकपेटी असाध्यै साँघुरा छन् र कतिपय स्थानमा त सडकपेटी नै छैनन्। भएका सडक पेटीमा पनि निर्माण सामग्री छरपस्ट छन् त कतै भत्किएका, बिग्रिएका छन्।
जसका कारण सडकपेटीहरू सकिइरहेका छन्, पैदलमार्ग हराइरहेका छन्।
राजधानी काठमाडौँमा मात्र होइन, उपत्यकाभरि नै धेरैतिर सडकपेटीको राम्रो व्यवस्थापन छैन। कतिपय स्थान सडकपेटी निर्माणको पखाईमा छन्। लाग्छ- सडकपेटी उद्धारको पर्खाइमा छन्।
ससाना व्यापारीले सडकपेटीलाई व्यापार गर्ने थलो बनाएका छन्।
एकातिर सडकपेटी खुला तथा अवरोधरहित हुनुपर्ने मान्यता छ अर्कातिर काठमाडौँका सडकपेटीको अवस्था यसको ठीकविपरित पाइन्छ।
आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका लथालिङ्ग र भताभुङ्ग सडकपेटीका केही तस्बिर।
Shares
प्रतिक्रिया