विश्व महामारी कोरोना भाइरसको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूरै खाली देखिएको छ। सरकारले आइतबार रातिबाट अन्तर्राष्ट्रिय उडान पूर्ण रुपले बन्द गरेसँगै विमानस्थल शून्यप्रायः देखिएको छ।
आज विमानस्थलबाट तीनवटा अन्तर्राष्ट्रिय उडान हुनेछन्। उडान रोकिएपछि विमानस्थलमा मानिसहरुको चहलपहल छैन। सुनसान देखिएको छ। अरू बेला विदेश जाने र नेपाल आउनेहरूकाे भीड लाग्थ्याे।
काेराेनाभाइरसकाे संक्रमण राेक्न सरकारले स्थल तथा हवाइ दुवै यातायात बन्द गरेकाे छ। लामाे दूरीका सवारीसाधन समेत साेमबारबाट ठप्प भएकाे छ।
प्रतिक्रिया