ad ad

फोटोफिचर


प्रदूषण जाँचको हरियो टिकट लिन राति २ बजेदेखि नै यातायात कार्यालयमा लाइन (फोटोफिचर)


प्रविन कोइराला
साउन १६, २०७७ शुक्रबार ५:३५,

सवारीसाधनको प्रदूषण जाँच गरेर हरियो टिकट लिन यातायात व्यवस्था कार्यालय एकान्तकुनामा दैनिक भीड लाग्नथालेको छ।

बिहान २ बजेदेखि नै व्यावसायिक, निजी तथा भाडाका सवारीसाधनहरुको लामो लाइन लाग्नथालेको हो।

प्रदूषण र जाँच पासको लाइनमा हरेक दिन १ सय ५० वटा पास दिने गरिएको छ। लाइनमा भेटिएका ट्याक्सी चालक रुद्र खड्काले दुई दिन लाइन बस्दा पनि पालो नआएपछि फर्किनुपरेको नेपालखबरलाई जानकारी दिए।

उनी शुक्रबार बिहान २ बजे नै लाइनमा बस्न आएको बताए। अर्का निजी सवारीका चालक नारायण अधिकारीले पनि बिहान २ बजेदेखि लाइन बसेको बताए।

दुवै चालकका अनुसार प्रक्रिया झन्झटिलो छ। त्यसलाई सहज बनाउनुपर्ने उनीहरुको भनाइ छ।

तस्बिरमा हेर्नुहोस् यातायात कार्यालय ललितपुरमा लागेको सवारी लाइन

Taxi_line_10.jpg
Taxi_line_9.jpg
Taxi_line_8.jpg
Taxi_line_7.jpg
Taxi_line_6.jpg
Taxi_line_5.jpg
Taxi_line_4.jpg
Taxi_line_3_1.jpg
Taxi_line_2.jpg
Taxi_line_1.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .