ad ad

फोटोफिचर


२० वर्षदेखि मखमली रोप्दै आएको भक्तपुरको गुन्डुमा तिहारको चहलपहल (फोटोफिचर)


प्रविन कोइराला
कात्तिक १८, २०७७ मंगलबार १०:११,

नेपालीको ठूलो चाड दशैँ सकिएलगत्तै तिहार नजिकिइसकेको छ। अझ २० वर्षदेखि मखमली रोप्दै आएको भक्तपुरको गुन्डुमा त व्यापारीहरु फूल किन्न आउनथालिसकेका छन्। गुन्डुमा वर्षेनी मखमली फूलको खेती गरिँदै आएको छ।

एक रोपनी जग्गामा रोपिएको फूलबाट एकचोटिमा ३/४ हजार माला बिक्री गर्ने गरेको त्यहाँका किसान बताउँछन्। यतिमात्र हैन व्यापारीहरु त्यहीँ आएर समेत माला किन्ने गरेका छन्। उनीहरुले १५ सय/२ हजार माला फूलखेती भएकै ठाउँबाट लैजाने गरेको स्थानीय कमला बस्नेत बताउँछिन्। यहाँबाट बिक्री भएको माला संघीय राजधानीको असनदेखि अमेरिका र अस्ट्रेलियासम्म पुग्छन्। मखमली फूल तिहारको विशेष प्रतीक हो।

दाजुभाइ र दिदीबहिनीको पवित्र पर्व मानिने तिहारमा कहिल्यै नओइलाउने मखमली फूलको विशेष महत्व रहिआएको छ। दिदीबहिनीले दाजुभाइलाई भाइटीका लगाएपछि मखमली माला पहिराउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .