नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको प्रतिनिधि चयनको लाग नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको भवनमा मतदान भइरहेको छ।
जिल्ला नगरको उपाध्यक्षमा चन्द्र ढकाल प्यानलबाट गुणनीति तिवारी र किशोर प्रधानका तर्फबाट दिनेश श्रेष्ठ चुनावी मैदानमा छन्।
वरिष्ठ उपाध्यक्षको लागि जिल्ला नगरतर्फको मदभार ५० प्रतिशत रहेको छ।
महासंघको निर्वाचनमा ३ किसिमका मतदाता छन्। जिल्ला-नगर, एसोसिएट र वस्तुगत। सबैभन्दा धेरै ५० प्रतिशत मतभार जिल्ला÷नगरको छ। त्यसैगरी एसोसिएटनबाट ३० प्रतिशत र वस्तुगतबाट २० प्रतिशत मतभार छ।
जिल्ला नगरतर्फ १०५ जना मतदाता रहेका छन्। जिल्ला नगरतर्फ ढकाल प्यानलबाट अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामिया राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्यले उम्मेदवारी दिएका छन्।
श्रेष्ठका तर्फबाट जिल्ला नगर केन्द्रीय सदस्यमा अरुण सुमार्गी, अशोक अमात्य, तारनाथ घिमिरे, उमेश घिमिरे, रामेश्वर मानन्धर, अशोक ताम्राकार, गजेन्द्र भगत, गोपाल केडिया, देवकुमार श्रेष्ठ, मंगलसिंह ठगुन्ना प्रतिस्पर्धामा रहेका छन्।
प्रतिक्रिया