प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मानव साङ्लो बनाएर टुँडिखेललाई घेरेको छ।
प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको आन्दोलनलमा रहेको नेकपाले बिहीबार अपरान्ह ४ बजेदेखि ५ बजेसम्म काठमाडौँको टुँडिखेललाई मानव साङ्लोले घेरेको हो।
प्रतिनिधि सभा विघटन, महँगी, मूल्यवृद्धि आदिको विरोधमा बिहीबार दिउँसो ४ देखि ५ बजेसम्म टुँडिखेल मानव साङ्लोले घेरिएको नेकपाका केन्द्रीय सदस्य सूर्य सुवेदी पथिकले जानकारी दिए।
घेराउ कार्यक्रममा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटी, विद्यार्थी, युवा, मजदूर लगायतका जनवर्गीय र सहायक संगठनहरु सहभागी थिए।
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ।
नेकपाले फागुन २ गते चौथो चरणको कार्यक्रम सार्वजनिक गरेको थियो। जसअन्तर्गत जिल्ला वडा तहदेखि ठूला जनसभासम्म रहेका छन्।
प्रतिक्रिया