७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइएको छ।
शुक्रबार सैनिकमञ्च टुँडिखेलमा एक विशेष समारोहको आयोजना गरी ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिनस मनाइएको हो।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित संवैधानिक निकायका प्रमुख, सुरक्षा निकाय, कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
कार्यक्रममा नेपाली सेनाले आफ्नो कलाकौशल प्रस्तुत गर्नुका साथ हेलिकप्टरबाट पुष्पवृष्टि गरेका थियो। कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए।
राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ प्रजातन्त्र दिवस मनाउँदै आएको छ ।
हेरौँ तस्बिरहरु
प्रतिक्रिया