प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा पुनर्स्थापको खुसीयालीमा विजय र्याली निकालेको छ।
बुधबार मध्यान्ह १२ बजेबाट नेकपाका नेता कार्यकर्ता र सुभचिन्तकहरुले काठमाडौंको शान्तिवाटिकबाट विजय र्यालीको सुरुवात गरेका हुन्।
र्यालीमा स्वतःस्फूत रुपमा उपत्यकाका नेता कार्यकर्ता सहभागी भएको अनेरास्ववियूका नेता विजय गौतमले बताए।
मंगलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरेपछि नेकपाको प्रचण्ड–नेपाल पक्षले जनता, संविधान र लोकतान्त्रिक गणतन्त्रको जित भएको भन्दै ठाउँठाउँमा विजय जुलुस निकालेको छ।
प्रतिक्रिया