काठमाडौंमा जारी त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले किर्गिस्तान यू २३ टोलीसँग गोलरहित बराबरी खेलेको छ। दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा पटक पटकका मौका सदुपयोग गर्न नसक्दा नेपाल अंक बाड्न बाध्य भयो।
किर्गिस्तानले अब चैत्र १४ गते हुने बंगलादेशविरुद्धको खेलको नतिजा कुर्नुपर्ने भएको छ। बंगलादेशलाई नेपालले हराएमा वा बराबरी रोकेमा पनि नेपाल फाइनलमा पुग्नेछ। फाइनल खेल चैत्र १६ गते हुनेछ।
खेलका केही तस्बिरहरु:
प्रतिक्रिया