कोरोना खोप केन्द्र तोकिएका राजधानीका बिभिन्न अस्पतालमा कोरोना भाइरसविरुद्ध खोप लगाउन चाहने सर्वसाधारणको भीड लागेको छ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएकै बेला लगाउन लागिएको खोपका लागि सर्वसाधारण लामो लाइन बस्न बाध्य छन्।
आजबाट परोपकार प्रसूतिगृह थापाथली, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगल र हिमाल अस्पताल ज्ञानेश्वरमा १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई चिनिया खोप भेरोसिलको पहिलो डोज लगाउन थालिएको हो।
चीनले नेपाललाई ८ लाख डोज भेरोसिल अनुदान सहयोग गरेको छ।
विहान १० बजेदेखि खोप लगाउन सुरु गरिएको भए पनि सर्वसाधारणहरु घण्टौंदेखि लाइनमा बसेका थिए।
कोरोना संक्रमणको जोखिम बढिरहेको बेला खोप केन्द्र नै भीडभाडपूर्ण भएका छन्। नेपालमा गत माघ १४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको हो।
प्रतिक्रिया