नेकपा एमाले बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा विद्युतीय भोटिङ मेसिनबाट मतदान सुरु भएको हो।
सर्वसम्मतीको प्रयास विफल भएपछि शुक्रबार मतदान सुरु भएको हो। मतदानमा उम्मेदवारहरू प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।
अध्यक्षमा मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुङ्गेल चुनावी मैदानमा उत्रिएका छन्।
बागमती प्रदेश कमिटीका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईजना उपसचिवसहित २४० सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ।
अध्यक्षको दौडमा रहेका ढुङ्गेलले उपाध्यक्षमा दावा दोर्जे लामालाई प्यानलमा राखेका छन्। यस्तै सचिवमा हस्त पण्डित ढुङ्गेलको प्यानलका हुन्।
अध्यक्षको निर्देशन अनुसार औपचारिक रुपमा खुलेर प्यानल बनेको छैन तर प्यानलै अनुसार उम्मेदवारी परेको छ।
पहिलोपटक बागमतीको नयाँ नेतृत्व चयन हुन लागेको हो।
Shares
प्रतिक्रिया