पहिलोपटक मन्त्री बनेका विराजभक्त श्रेष्ठका लागि काम गरेर देखाउन सकिने मन्त्रालय परेको छ।
नेपालमा क्रिकेट र फुटबलसहितका खेलले सम्भावनाको ढोका खोलिरहेका बेला युवा नेताले खेलकुद मन्त्रालय सम्हालेका छन्।
२०३८ सालमा काठमाडौँमा जन्मिएका श्रेष्ठले स्नातकसम्म अध्ययन गरेका छन्।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा उनी तत्कालीन विवेकशील साझा पार्टीबाट बागमती प्रदेश सभामा समानुपातिक सांसद भएका थिए।
गत वर्ष प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नं. ८ बाट उनी निर्वाचित भएका थिए।
विराजसामु देशका ठूला क्रिकेट रंगशाला निर्माणदेखि खेलेर नै खेलाडीले भविष्य सुरक्षित गर्न सक्छन् भन्ने महसुस गराउनुपर्ने चुनौती छ।
366
Shares
प्रतिक्रिया