अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आइतबारबाट चितवनमा सुरु भएको छ।
विभिन्न ९ वटा विधामा हुने सो प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमबीच उद्घाटन गरेका छन्।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आइतबार अपरान्ह ४.३० बजे खेलकुद प्रतियोगिताका ला प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन्।
अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरू सहभागी छन्।
प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, कराँते, तेक्वान्दो, बक्सिङ एथलेटिक्स, ब्याडमिन्टन र पौडी खेल हुँदै छन्।
बागमती प्रदेशस्तरीय खेलकुद समितिका सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार प्रतियोगिताका अधिकांश खेल चितवनमा हुनेछन्। पुरुष भलिबल भने हेटौँडामा हुँदैछ।
महिला र पुरुष दुवै विधामा खेलाइने खेलहरू क्रिकेट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा, भलिबल गेस्ट हाउस चौर भरतपुरमा, महिला फुटबल बखानसिह रङ्गशाला शारदानगरमा, बक्सिङ, कराँते र तेक्वान्दो औद्योगिक प्रदर्शनी केन्द्र भरतपुरमा, एथलेटिक्स चितवन रङ्गशाला नयाँवजारमा, ब्याडमिन्टन भरतपुर कवर्ड हलमा र पौडी लेगट्वान्टी हवेली हाउस देवनगरमा हुँदैछन्।
Shares
प्रतिक्रिया