ad ad

राजनीति


चिनियाँ राष्ट्रपतिको भ्रमण तत्कालको लाभहानी होइनः सञ्चारमन्त्री बाँस्कोटा

चिनियाँ राष्ट्रपतिको भ्रमण तत्कालको लाभहानी होइनः सञ्चारमन्त्री बाँस्कोटा

नेपालखबर
असोज २८, २०७६ मंगलबार ११:९,

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्न आग्रह गरेका छन्।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असाधारण रुपले सफल रहेको उल्लेख गर्दै त्यसलाई तत्काल हुने लाभहानीको रुपमा हेर्न नहुने पनि स्पष्ट पारे। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले दुई मुलुकको बीचको सम्बन्धलाई सगरमाथाको उचाईमा पुर्‍याएको पनि बताए।

त्यसबाट सिंगो नेपाल र नेपाली जनता अत्यन्तै खुसी भएको मन्त्री बाँस्कोटाको भनाई छ। मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपति र चीनको उचाईबाट भएको यो भ्रमणले नेपालको अन्तर्राष्ट्रिय स्तरमा ईज्जत, मान र प्रतिष्ठा पनि बढाएको उल्लेख गरे। ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई मुलुकबीचको न्यायो र हार्दिक सम्बन्धलाई सगरमाथा झैं उचाई र सागरझैं गहिर्‍याईमा पुर्‍याएको छ,’ मन्त्री बाँस्कोटाले भने, ‘यसलाई आजको भोली के भयो? भन्ने कोणबाट विश्लेषण गर्न हुन्न।’

मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणलाई नेपालको भलो चिताउने जो कसैले पनि हार्दिकताका साथ स्वागत गरेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .