वेलायतका एक किशोरीमा चिकित्सकहरुले दुईवटा योनी भेटेका छन्।
वेलायत गिलिङघाम केन्टस्थित १९ वर्षीया किशोरी मोली रोज टेलर महिनावारी समस्याले पीडित थिइन्।
उनीको महिनावारीमा समस्या भएपछि उनी अस्पताल गएकी थिइन्।
डाक्टरले उपचारको क्रममा मोलीको दुईवटा योनी भएको पत्ता लगाएको हो।
९ वर्षको हुँदादेखि उनले महिनावारी निकै पीडादायी भएको बताउँदै आएकी थिइन्।
चिकित्सकले यस घटनालाई अनौठो भनेका छन्। उनीहरुका अनुसार मोली युटेरस डिडेल्फीबाट पीडित छन्।
यो यस्तो दुर्लभ अवस्था हो जसले प्रजनन् अंगलाई दोब्बर बनाउँछ।
डाक्टरहरू उनमा वास्तवमै दुईवटा योनी, गर्भ र गर्भाशयहरू छन् भनी पत्ता लगाउँदा छक्क परेका थिए। डेलीमेल
प्रतिक्रिया