नेकपा माओवादी केन्द्रका एकजना नेता मातृका प्रसाद यादवले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा आउने हो भने विषेश माया गरिने बताएका छन्। आइतवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले यसो भनेका हुन्।
माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि उनले एमालेको नेपाल पक्ष पनि सरकारमा आएमा विशेष माया गरिने उल्लेख गरे। एमालेका नेपाल पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विश्वास व्यक्त गर्दै उनले भने, 'माधवजीहरुलाई पनि सरकारमा आउने हो भने विशेष माया गर्नुपर्ने हुन्छ।'
प्रधानमन्त्री देउवाले आजै आह्वान गरिएको संसद अधिवेशनमा विश्वासको मत लिने कार्यक्रम छ । माओवादी केन्द्रसँग ४८ सांसद छन्। जसमा सभामुख अग्निप्रसाद सापकोटाले मत दिन पाउँदैनन्। लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीले दल परिवर्तन गरेको भन्दै माओवादी केन्द्रले हटाइसकेको छ।
Shares
प्रतिक्रिया