अफगानिस्तानमा विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहर कब्जा गरेका छन्।
बीबीसीका अनुसार आइतबार बिहान पूर्वी सहर जलालावाद पनि तालिबानले नियन्त्रणमा लिएको हो।
अफगान सुरक्षाकर्मीले प्रतिकारबिनै जलालावाद सहर तालिबानलाई सुम्पिएको बीबीसीले जनाएको छ।
योसँगै अब देशका प्रमुख सहरमध्ये अफगान सरकारको पकडमा राजधानी काबुल मात्रै बाँकी बसेको हो।
तालिबानी लडाकुहरू राजधानी काबुल नजिकै पुगिसकेका छन् भने त्यो पनि कब्जामा लिने प्रयासमा छन्।
–अफगान सरकारको सबैभन्दा बलियो गढ पनि तालिबानको कब्जामा, काबुल जोगाउन अब मुस्किल
–एमाले विदेश विभाग प्रमुखको प्रश्नः अफगानिस्तानमा रहेका नेपाली फर्काउन अझै किन पहल नगरेको!
–अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल नेपाल फर्काइयोस्ः केसी
708
Shares
प्रतिक्रिया