ad ad

राजनीति


हत्याका आरोपी सांसद आलमलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

हत्याका आरोपी सांसद आलमलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार ८:५१,

रौतहट जिल्ला अदालतले हत्याको आरोपमा पक्राउ परेका कांग्रेस सांसद एवं पूर्वमन्त्री  मोहम्मद आफताव आलमलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

आइतबार रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले आलममाथि अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको हो।

सांसद आलमलाई पहिलो संविधानसभाको निर्वाचनको क्रममा २०६४ चैत २७ गतेको बम काण्ड र त्यसका घाइतेको हत्याको मुख्य आरोपी ठहर्याउँदै प्रहरीले असोज २६ गते इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो।

सांसद आलमलाई यसअघि जिल्ला अदालतले अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। ७ दिनको म्याद सकिएपछि आइतबार अदालतले म्याद थप गरेको हो।

यसअघि प्रहरीले उनलाई दुई पटक अदालत उपस्थित गराए पनि उनले बयान दिन मानेका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .