‘पुर्व राजपाका ८० प्रतिशत नेता जसपामै छ। केही व्यक्ति मात्रै बाहिरिएका छन्। एक÷आध व्यक्ति समुह बनाएर जाँदैमा त्यसलाई पार्टी विभाजन भन्न मिल्दैन’ अध्यक्ष यादवले भने, ‘उनीहरु गएपछि पार्टी शुद्धि र सुढृढ पनि भएको छ।’
अर्को प्रसंगमा उनले महन्थ ठाकुरप्रति लक्षित गर्दै संसद भंग गर्ने प्रतिगमनको मतियार बनेका ‘सन्त महन्थ’को पतन समेत भएको तर्क गरे।
उनले भने, ‘सन्त महन्थ समूहले विधि र अनुशासन दुवै उल्लंघन ग¥यो। त्यसकै फलस्वरुप पतनको दिशातर्फ गयो।’
जसपाकै वरिष्ठ नेता अशोक राईले नेता कार्यकर्तालाई अगामी निर्वाचनको विषयमा तयारी अहिलेदेखि नै सुरु गर्न निर्देशन दिए। समायोजन, निर्वाचनको खर्च मूल्यांकन, उम्मेदवार र अन्य दलबारे अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ।
कार्यक्रममा जसपाका वरिष्ट नेता महेन्द्र राय यादव, नेतृ रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतले आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रममा धनुषा, महोत्तरी, सिरहा सर्लाही लगायत प्रदेश भरिबाट नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
96
Shares
प्रतिक्रिया