पार्टी विभाजनपश्चात् जनता समाजवादी पार्टी (जसपा) को प्रदेश २ संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ।
शनिबार बिहान ११ बजे जसपा उपेन्द्र यादवकै विशेष उपस्थितिमा संसदीय दलको बैठक बस्न लागेको जसपाका एक सांसदले नेपालखबरलाई जानकारी दिए।
जसपाका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले महन्थ ठाकुरको नेतृत्वमा नवगठित लोतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पक्षमा सनाखत गरिरहेको बेला अध्यक्ष यादवकै उपस्थितिमा बस्न लागेको जसापा संसदीय दलको बैठकलाई महत्त्वका साथ हेरिएको छ।
यसअघि ठाकुर पक्ष ओली सरकारमा सहभागी भएपछि उपेन्द्र यादवकै उपस्थितिमा संसदीय दलको बैठक बसी लालबाबु राउतलाई दलको नेता चयन गर्दै ठाकुर पक्षलाई सरकारबाट हटाउने निर्णय गरेको थियो।
आधिकारिताका विवादमा जसपाबाट बाहिरिएको ठाकुर पक्षले नयाँ पार्टी लोसपा गठन गरेपछि प्रदेश २ मा ठाकुर पक्षका सांसद र स्थानीय तहका जनप्रतिनिधिले यसैका पक्षमा सनाखत गर्न थालेका हुन्।
आआफ्ना पक्षमा सांसद र जनप्रतिनिधि तान्न यादव र ठाकुर तीन दिनदेखि जनकपुरमा छन्।
Shares
प्रतिक्रिया