माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी गरिमा शाहले पाएकी छन्।
कैलालीकी नेता शाहलाई प्रदेश इन्चार्ज तोकिएको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशकी सांसद दुर्गा विकले नेपालखबरलाई बताइन्।
‘केही दिन अगाडि अरु प्रदेशको इन्चार्ज तोकिएको थियो। तर सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएको थिएन’ उनले भनिन्, ‘आज पार्टी केन्द्रले कमरेड गरिमा शाहलाई इन्चार्ज तोकेको छ।’
इन्चार्ज तोकिएकी शाह कैलाली टीकापुरकी बासिन्दा हुन्। उनी नेकपा एमालेकी केन्द्रीय सदस्य थिइन्। माधव कुमार नेपालले एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेपछि समाजवादीमा आबद्ध भएकी थिइन्।
एकीकृत समाजवादीले केही दिन अगाडि प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ प्रसाद शाह, वागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला इन्चार्ज तोकेको थियो।
Shares
प्रतिक्रिया