ad ad

राजनीति


भारतीय मतदाता भएको प्रमाणित गर्न पूर्व राज्यमन्त्री कँडेलको चुनौति

भारतीय मतदाता भएको प्रमाणित गर्न पूर्व राज्यमन्त्री कँडेलको चुनौति

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार १४:१६,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले समाचारहरुमा आए जस्तो भारतीय नागरिकता नभएको बताएका छन्।

सांसद कँडेलले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै भारतीय नागरिकता भएको भनि आएको समाचारको खण्डन गरेका हुन्। पत्रकार सम्मेलनमा नेता कँडेलले आफ्नो नाममा भारतीय भूमिमा कुनै जमिन वा मतदाता परिचयपत्र भएको प्रमाणित गर्न चुनौती दिए।

नेता कँडेलले नवरलपरासीको सीमावर्ती भारतीय सहरमा आफ्नी हजुरआमाले स्थापना गरेको राधाकुमारी ईन्टर कलेजको सञ्चालक समितिको चुनावबाहेक कतै पनि मतदान नगरेको पनि दाबी गरेका छन्। पत्रकार सम्मेलनमा नेता कँडेलले आफुसँग भारत सरकारले जारि गरेको सवारी चालक अनुमतिपत्र रहेको बताएका छन्। अहिले भएको सवारी चालक अनुमति पत्र भारतमा अध्ययन गरेको समयमा शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा बनाएको स्पष्ट पारे।

नेता कँडेलले पत्रकार सम्मेलनमा आफ्नी हजुरआमाले खोलेको क्याम्पसको अध्यक्ष भएकै कारण भारतको उच्च अदालतमा आफूविरुद्ध नेपाली नागरिकले भारतीय संघसंस्थामा अध्यक्ष हुन नपाउने भनेर मुद्दा चलिरहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .