सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड पहिलो पटक प्रदेश २ सरकारको 'मधेस भवन'मा पुगेका छन्।
शनिबार पार्टीको प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुर आएका प्रचण्ड प्रदेश २ सरकारको मधेस भवनमा पहिलो पटक पसेका हुन्।
माओवादीको तर्फबाट प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहको आवासमा खाना खान प्रचण्ड मधेस भवन छिरेका थिए।
प्रदेश सरकारका मन्त्रालय तथा आवास रहेको मधेस भवनमा यसअघि प्रचण्ड पसेका थिएनन्।
प्रदेश २ सरकार स्थापना भएको झण्डै चार वर्ष भएको छ। दुई महिनाअघि प्रदेश सरकारमा माओवादी एक मन्त्रालयसहित सहभागी भएको थियो।
साविक जनकपुर चुरोट कारखाना लिमिटेडको कारखाना रहेको उक्त ठाउँलाई प्रदेश सरकारले मन्त्रालय तथा आवास निर्माण गरी मधेस भवन नामाकरण गरेको छ।
3.1k
Shares
प्रतिक्रिया