नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन्।
गृह जिल्ला मोरङ पुगेका कोइरालाले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताएका हुन्।
उनले संसद् छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको आरोप लगाए।
६४ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले समेत सरकार अलोकतान्त्रिक बाटोमा गएको पुष्टि भएको उनले बताए।
नेतृत्व परिवर्तनपछि मात्रै कांग्रेसले गति लिन सक्ने उनले दाबी गरेका छन्।
फरक प्रशंगमा बोल्दै कोइरालाले सभापति देउवाले डडेलधुरामा पुलिस लगाएर वडा अधिवेशन गर्नु दु:खद भएको बताए।
कांग्रेसको ५७ वर्षको इतिहासमा पुलिस प्रयोग गरेर कहिले र कहीँ पनि वडाअधिवेशन नगरिएको उनले बताए।
संस्थापन इतर समूहबाट सहमतिमा एक जनामात्रै सभापतिको उम्मेदवार हुने उनले दाबी छ। उनले आफ्नो उम्मेदवारीको विषयमा भने केही बोल्न चाहेनन्।
अमेरिकी परियोजना एमसीसी राष्ट्रिय सहमतिमा अगाडि बढ्नुपर्ने उनको धारणा थियो।
सरकार र शीर्ष नेताहरू एकै ठाउँमा बसेर राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसीसी पास गर्नुपर्ने उनले बताए।
Shares
प्रतिक्रिया