कास्कीका ४ वटा गाउँपालिकामा कांग्रेसले नयाँ नेतृत्व पाएको छ। शनिबार भएको अधिवेशनबाट ती चार पालिकामा नेतृत्वको छिनोफानो भएको हो।
मादी गाउँपालिकामा प्रतिस्पर्धी देवीजंग गुरुङलाई यमबहादुर गुरुङले एक मतले हराएर सभापति बनेका छन्।
यमबहादुरले ९३ र देवीजंगले ९२ मत प्राप्त गरे। उपसभापतिमा कृष्णचन्द्र बराल र लीलामोहन कुईंकेल, सचिवमा भोजबहादुर गुरुङ र देवीजंग गुरुङ, सहसचिवमा तेजेन्द्र रानाभाट र बोधनाथ ढकाल निर्वाचित भएका छन्।
माछापुच्छ्रे गाउँ कार्यसमिति सभापतिमा वीरेन्द्र गुरुङ निर्वाचित भएका छन्। उपसभापतिमा रामबहादुर गुरुङ र मीनबहादुर गुरुङ, सचिवमा केशवराज अधिकारी र सञ्जय लम्साल, सहसचिवमा महादेव गुरुङ र बालकृष्ण गौतम निर्वाचित भएका छन्।
रुपा गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। त्यहाँ सभापतिमा बिमलबाबु न्यौपाने, उपसभापतिमा बुद्धिबहादुर खड्का र गेसबहादुर गुरुङ, सचिवमा शंकरलाल श्रेष्ठ र विकल ओझा, सहसचिवमा निर्मल केसी र विकास ओझा चुनिएको निर्वाचन अधिकृत दिनेश लामिछानेले बताए।
अन्नपूर्ण गाउँपालिका कार्यसमिति सभापतिमा मनोपति भण्डारी निर्वाचित भएका छन्। उपसभापतिमा सुशील भट्टचन र गौमाया नेपाली, सचिवमा कृष्णप्रसाद अधिकारी र विजय गुरुङ, सहसचिवमा ध्रुव घले सर्वसम्मत बने।
महानगरमा गनिँदै
पोखरा महानगरपालिकामा भने शनिबार साँझ बल्ल मतगणना सुरु भएको छ। अहिले त्यहाँ मतगणना भइरहेको छ।
६ जना प्रतिस्पर्धी रहेको पोखरा महासागरको प्रारम्भिक मतगणनाको परिणाम अनुसार पत्रकारसमेत रहेका गंगाधर पराजुली र वर्तमान नगर समिति उपसभापति सुरेन्द्रमान विजुक्छेबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ।
१४४ मत गणना हुँदा गंगाधरले ३८ र सुरेन्द्रमानले ४६ मत पाएका छन्। यस्तै रामराज लामिछानेले २१, मिलन तिवारीले १३, ज्योति हमालले २ र मोहनप्रसाद बास्तोलाले १३ मत प्राप्त गरेका छन्।
पोखरा महानगरमा क्षेत्रीय प्रतिनिधि र वडा अध्यक्ष गरी १ हजार ३७० मतदाता थिए। जसमा १ हजार ३४४ मत खसेको निर्वाचन अधिकृत आरसी विमलले बताए।
Shares
प्रतिक्रिया