सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक मंगलबार बस्दैछ।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धनले मन्त्रालय भागवण्डाको टुंगो लगाएपछि मन्त्रीहरु पठाउने निर्णय गर्न जसपाको दलको बैठक सिंहदरबारमा बसिरहेको हो।
बैठकमा पार्टीको भागमा परेका मन्त्रालयबारे दलका नेता तथा अध्यक्ष उपेन्द्र यादवले ब्रिफिङ गर्नेछन्।
जसपाको भागमा ५ मन्त्री र एकजना राज्य मन्त्री परेको छ। भौतिक पूर्वाधार, सामान्य प्रशासन, वन र कृषि मन्त्रालय लिने सहमति जुटेको स्रोतले जनाएको छ।
जसपाका सांसद मोहम्मद इस्तियाक राईले दलको बैठकमा शीर्ष नेतामा जुटेको सहमतिबारे अध्यक्ष यादवले ब्रिफिङ गर्ने बताएका छन्।
801
Shares
प्रतिक्रिया