ad ad

राजनीति


प्रधानन्यायाधीश जबराले आफ्नै इजलासमा पनि सुनुवाइ गर्न सकेनन्

प्रधानन्यायाधीश जबराले आफ्नै इजलासमा पनि सुनुवाइ गर्न सकेनन्

फाइल तस्बिर


उजिर कार्की
कात्तिक १२, २०७८ शुक्रबार १३:३, काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार तोकेको आफ्नै इजलासमा पनि मुद्दाको सुनुवाइ गर्न सकेनन्। जबराले शुक्रबारका लागि आठवटा इजलासमा पेसी तोकेका थिए।

पेसी अन्तर्गत प्रधानन्यायाधीश राणा र न्यायाधीश डा. कुमार चुँडालको संयुक्त इजलास तोकिएको थियो। अन्य एकल तथा संयुक्त इजलास तोकिएका छन्।

तर जबराले आफ्नै इजलासमा पनि मुद्दाको सुनुवाइ गर्न नसकेका हुन्। अर्का न्यायाधीश चुँडाल पनि विपक्षमा उभिएर अन्य न्यायाधीशसँगै आन्दोलित भएपछि जबराले मुद्दाको सुनुवाइ गर्न नसकेका हुन्। 

सर्वोच्च अदालतमा पाँच दिनदेखि इजलास तोकेर पनि एउटै मुद्दाको सुनुवाइ हुन सकेको छैन। अन्य सबै न्यायाधीशहरु जबराले राजीनामा दिनुपर्ने बताउँदै इजलास बहिष्कार गरेर आन्दोलित छन्। 

जबराले बिहीबार पूर्व न्यायाधीश भैरव लम्सालको शोक मनाउन बोलाएको फुल कोर्टमा भने सबै न्यायाधीश उपस्थित भएर श्रद्धाञ्जली व्यक्त गरेका थिए। 

चुँडाल अनुपस्थित भएपछि प्रधानन्यायाधीश जबराले तोकेको आफ्नै इजलास पनि नबस्ने पक्का भएको हो। सर्वोच्चमा सोमबारदेखि एउटै मुद्दाको सुनुवाइ भएको छैन। 

प्रधानन्यायाधीशलाई मन्त्रिमण्डल विस्तारमा भाग खोजेको आरोप लागेकाले न्यायालयमा प्रश्न उठेको छ। त्यस्तै अन्य न्यायाधीशहरु पनि विवादमा तानिएका छन्। 

गत सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक बसेर समस्या समाधान गर्ने भनिएको थियो। तर अन्य सबै न्यायाधीशहरु बहिष्कारमा उत्रिएपछि बैठक बस्नै सकेको थिएन।

प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको अडान राखेका छन्। 

उनले त्यो पूरा गर्न आफू सक्षम रहेको दाबी गर्दै अन्य न्यायाधीशलाई संविधान र कानुनबमोजिम आआफ्ना जिम्मेवारी पूरा गर्न आग्रह गरेका थिए। उनले प्रश्न उठेका अन्य न्यायाधीश राजीनामा दिन तयार भए आफू पनि तयार रहेको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .