ad ad

राजनीति


सुदूरपश्चिमका राज्यमन्त्री रावलविरुद्ध १६ करोड ठगी मुद्दा

सुदूरपश्चिमका राज्यमन्त्री रावलविरुद्ध १६ करोड ठगी मुद्दा

गोकुल जोशी
कात्तिक १८, २०७६ सोमबार ४:८,

झन्डै १६ करोड रुपैयाँ ठगीमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल पनि मुछिएका छन्।

 राज्यमन्त्री रावल कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वाचित नेकपा सांसद हुन्। 

भीमदत्त नगरपालिका भाँसीस्थित जनज्योति एजुकेसन फाउन्डेसनको १५ करोड ६७ लाख ५० हजार सेयरबापतको रकम ठगी गरेको भन्दै मन्त्री रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालत (कञ्चनपुर)मा मुद्दा परेको हाे।

उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रावल जनज्योति बहुमुखि क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष तथा सेयर सदस्यसमेत हुन्।

जनप्रतिनिधिहरूमा यसरी ठगी मुद्दा लाग्नेमा मन्त्री रावल सुदूरपश्चिम प्रदेशका ‘हाइ प्रोफाइल’ व्यक्तिमध्ये एक हुन्।

मन्त्री रावलसहित क्याम्पसका ३६ जना सेयरधनीविरुद्ध जिल्ला अदालत (कञ्चनपुर)मा सेयर ठगी तथा कागज पत्र किर्ते गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ।

ताराप्रसाद जोशी, रुकमणि जोशीसहित १० जनाले उनीहरूविरुद्ध ठगी तथा कागज किर्तेसहित ३५/३६ अभियोग लगाउँदै मुद्दा दायर गरेको जिल्ला अदालत (कञ्चनपुर)का शाखा अधिकृत नवराज पाण्डेयले नेपाल खबरलाई जानकारी दिए।

‘३५/३६ अभियोग लगाएर ३६ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ,’ उनले भने। शाखा अधिकृत पाण्डेयका अनुसार २०७५ साउन ७ गते बहालवाला राज्यमन्त्री रावलसहित ३६ सेयर सदस्यविरुद्ध मुद्दा दायर भएको हो।

उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रावलले ५ लाखमा एक सेयर देवराज पनेरुलाई बिक्री गरेका थिए।

मुद्दा दर्ता भएको तीन महिनाको अवधिमा केही अदालत हाजिर भएको र तीमध्ये अधिकतर अभियुक्त धरौटीमा रिहा भएको जिल्ला अदालत (कञ्चनपुर)ले जनाएको छ ।अन्यको हकमा म्याद बाँकी रहेकाले सोही म्यादभित्र उनिहरू हाजिर हुने छन् ।

आर्थिक कारोबार गर्दा बैंक प्रणालीबाट गर्नु पर्ने सो नगरेको, मूल्यांकनै नगरी आफ्नो सेयर ५५ लाख कायम गरिएको, पुँजीगत लाभकर चुक्ता नगरेको, किर्ते कागजपत्र बनाएको, झुटो अडिट रिपोर्ट तयार पारी ठगी गरेको, नयाँ सेयर सदस्यलाई प्रमाण पत्र नदिएकोजस्ता विभिन्न अभियोग छन्।

मुद्दामा मुछिनेमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख तथा त्यही अध्यापन गराइरहेका शिक्षकसमेत रहेका सेयर सदस्य छन्। जनज्योति एजुकेसन फाउन्डेसनमा हाल पुरानो २९ गरी जम्मा १८८ सेयर छन्।

यी हुन् मुद्दा लागेका ३६ व्यक्ति
१. कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का प्रकाश रावल
२. कञ्चनपुरको बेलौरी नगरपालिका–४ का भोलानाथ शर्मा
३. काठमाडौँ महानगरपालिका–८ बस्ने मनोरथ जोशी
४. काठमाडौँ महानगरपालिका–११ बस्ने श्रीधर न्यौपाने
५. काठमाडौँको नागार्जुन नगरपालिका –२ का श्यामराज दली
६. कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का अम्वादत्त जोशी
७. भीमदत्त नगरपालिका–१८ का इन्द्रराज बडू
८. भीमदत्त नगरपालिका–१८ का कृष्णबहादुर शाह
९.गुल्मीको तम्घासका राजेन्द्र थापा
१०.काभ्रे कुसादेवी–२ का गीताकुमार होमेगाई
११.काठमाडौँ महानगरपालिका–७ का सुरेश ओझा
१२.भीमदत्त नगरपालिका–१२ भवानी प्रसाद पन्त
१३.भीमदत्त नगरपालिका–३ का खेमलाल घिमिरे
१४.भीमदत्त नगरपालिका–२ का माधवप्रसाद जोशी
१५.भीमदत्त नगरपालिका–१८ का माधवप्रसाद जोशी
१६.भीमदत्त नगरपालिका–४ का माधवप्रसाद जोशी
१७.भीमदत्त नगरपालिका–१८ का रामप्रसाद घिमिरे
१८.भीमदत्त नगरपालिका–६ का शंकर दत्त भट्ट
१९.भीमदत्त नगरपालिका–६ का सुरेशचन्द्र भट्ट
२०.भीमदत्त नगरपालिका–२ का शिवदत्त जोशी
२१.भीमदत्त नगरपालिका–१८ का हरिराम चौधरी
२२.महाकाली नगरपालिका–९ का हरिसिंह खाती
२३.भीमदत्त नगरपालिका–३ की मुना बम
२४.भीमदत्त नगरपालिका –१८ की उमा जोशी
२५.बैतडीको दोगढाकेदार गाउँपालिका–१ का केशवदत्त जोशी
२६.भीमदत्त नगरपालिका–४ का प्रमानन्द जोशी
२७.भीमदत्त नगरपालिका–१५ का प्रजापती नेगी
२८.भीमदत्त नगरपालिका–३ का विशाल जोशी
२९.लमजुङ दूध पोखरी गाउँपालिका–२ का मिन प्रसाद दवाडी
३०.दार्चुलाको महाकाली नगरपालिका–९ का गजेन्द्रसिंह कार्की
३१.भीमदत्त नगरपालिका–२ का हजारी सिंह पुजारा
३२.सप्तरी बनरझुला–७ का नागेन्द्र प्रसाद चौधरी
३३.पर्वतको पपुवा–७ का गंगाधर पौडेल
३४. भीमदत्त नगरपालिका–१८ का धमेन्द्र गिरी
३५.भीमदत्त नगरपालिका–१९ का नवराज जोशी र
३६.भीमदत्त नगरपालिका –१८ वीरेन्द्रसिंह साउद 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .